हाम्रो सहयोगी सहकारीको स्थापना दिवस विशेष फुटसल: सजिलो सहकारी च्याम्पियन
मंगलबार स्वास्थ्य शिविरसहित खुला रक्तदान हुने
पाेखरा | जेठ १८, २०८२
पोखरा: हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ ।
स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सजिलो बचत तथा ऋण सहकारी संस्था च्याम्पियन बनेको छ ।
एक्स आर्मी फुटसल जोनमा भएको फाइनल खेलमा आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई ४–३ गोलको अन्तरले पराजित गर्दै सजिलो सहकारी च्याम्पियन बनेको कार्यक्रम संयोजक श्रीजन श्रेष्ठले बताए ।
यसअघि सजिलो बचत तथा ऋण सहकारी संस्थाले मानषा बहुउदेश्यीय सहकारीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने, आयोजक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले हाम्रो बहुउदेश्यीय सहकारी संस्थालाई हराउँदै फाइनलमा सजिलो सहकारीसँगको भेट पक्का गरेको थियो ।

सो प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई यही २० गते मुल समारोह कार्यक्रमको दिन पुरस्कार वितरण गरिने संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सीनो बताए ।
सो प्रतियोगितामा पोखराका कुल ८ टिमको सहभागिता रहेको सञ्चालक समितिका सचिव मनोज विश्वकर्माले जानकारी दिए ।
यसअघि फाइनलमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै संस्थाका पूर्वअध्यक्ष तथा युवा व्यवसायी किसान सुनारले खेलकुदले नागरिकलाई स्वस्थ्य र अनुसाशित हुन प्रेरित गर्ने धारणा राखे ।
वित्तिय क्षेत्रमा सेवारत सहकारीले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेका फुटसलले एक आपसमा भाइचारको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने व्यक्त गरेका थिए ।

२० गते मुल समारोहसहित खुला रक्तदान आयोजना हुने
संस्थाको १६ औँ वार्षिककोत्सवको मुल समारोह यही २० गते विविध कार्यक्रमसहित आयोजना हुँदैछ ।
उक्त दिन संस्थाले खुला रक्तदान, निशुल्क रक्त परिक्षण स्कीन टेष्ट लगायतका कार्यक्रहरु आयोजना गर्ने तयारी रहेको संस्थाका व्यवस्थापक जिबन अधिकारीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रम पोखरा महानगरपालिका १४ चाउँथेमा आयोजना हुनेछ ।
कुल ८ करोड शेयर पुँजी रहेको संस्थाले हाल पृथ्वीचोक र चाउँथे गरी एकसाथ २ स्थानबाट आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
संस्थामा हाल १ हजार ३ सय ६४ जना शेयर सदस्य आबद्ध रहेका छन् ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

